मेडिकल कलेजहरुले ठगी गरेर लिएको रकम फिर्ता गराउँछौं : प्रधानमन्त्री

काठमाडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले ठगेर लिएको रकम फिर्ता गराउने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।


मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको बताउँदै उनले ठगी गर्नेलाई कारवाही गरिने बताए । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको उल्लेख गरे


‘कतिपयले सत्ताको संरक्षणमा फलानाले ठग्यो भन्दैछन्, नेकपाको सरकार त अहिले आयो । त्यसअघि करोडसम्म उठाएका थिए, हामी त्यो फिर्ता गराउन खोजिरहेका छौं’ ओलीले भने ।


‘कतिपयले सत्ताको संरक्षणमा फलानाले ठग्यो भन्दैछन्, नेकपाको सरकार त अहिले आयो । त्यसअघि करोडसम्म उठाएका थिए, हामी त्यो फिर्ता गराउन खोजिरहेका छौं’ ओलीले भने ।

उनले अघि भने, ‘सरकारमाथि आरोप लगाउनेहरुप्रति बिचरा भन्न मन लाग्छ, दया लाग्छ ।

मेडिकल कलेजहरु नियम कानुनभित्र बस्नुपर्ने भन्दै प्रधानमन्त्रीले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थीमाथिको ठगी सैहृय नहुने बताए । उनले भने, ‘अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरुले फिर्ता गर्नुपर्छ । पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन । गोप्य ढंगले लिनु त्यो ठगी हो, त्यो फिर्ता हुनैपर्छ ।

मेडिकल कलेज सञ्चालकहरुले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि बताए ।

मेडिकल कलेज सन्चालकले कलेज चलाउन सकिँदैन भनेको स्मरण गद प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुको नाफा कति छ ? भर्खर खुलेका मेडिकल कलेजले समेत अकुत नाफा लिएका छन् । विद्यार्थीलाई भैंसी जसरी तान्ने प्रवृति देखिएको छ । हामी स्वच्छता र पारदर्शीताको पक्षमा छौं ।’


विद्र्याीहरुले आफुहरुसंग सरकारले तोके भन्दा बढी शुल्क लिएको भन्दै आन्दोल समेत गरेकाा थिए । उनीहरुले ठगी गरेर लिएको रकम फिर्ता पाउनु पर्ने माग गर्दै आन्दोल गरेका हुन् । साथै उनीहरुले फिर्ता नभएसम्म आन्दोल जारी रहने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्