नेकपाका नेता प्रधानमन्त्रीलाई भेट्न पुगे ग्राण्डी अस्पतालमा , स्वास्थ्य बारे दिए यस्तो प्रतिक्रिया

काठमाडौँ , कात्तिक १४। प्रधानमन्त्री केपी शर्मा ओली उपचाररत धापासी स्थित ग्राण्डी अस्पताल नेकपाका नेताहरु पुगेका छन् ।

उनीहरु ओलीको स्वास्थ्यबारे बुझन त्यहाँ पुगेका हुन् । नेता नारायणकाजी श्रेष्ठ प्रकाश र भीम रावलले उपचार प्रक्रिया जारी रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिएका छन् ।

नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी गरेका छन्।

प्रधानमन्त्रीलाई अस्पतालमा भेटेर निस्कँदै गर्दा नेता प्रकाशले भने, ‘डाक्टरहरुले मलाई दिएको जानकारी अनुसार उहाँको स्वास्थ्य अवस्था राम्रो छ । मलाई जानकारी दिने डाक्टरले हो । उहाँहरुले राम्रो छ भन्नु भएको छ ।’

यस्तै नेता रावलले प्रधानमन्त्री ओलीको डायलासिस भएको जानकारी दिदै उनले भने बुधबार भएको डायलासिसबारे आफूलाई जानकारी नरहेको दाबी गरे ।

डायलासिसको प्रक्रिया जारी रहेका बेला आफू पुगेकाले प्रधानमन्त्रीलाई भेट्न भने नपाएको नेता रावलले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्