ओली भेट्न दाहाल पुगे बालकोट, कार्यदललाई दुवै नेताको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
राष्ट्रियसभा र प्रदेशसभा गठनमा दुई पार्टीबाट भागबण्डाका लागि चयन गरिएको कार्यदललाई दुई नेताले निर्देशन दिएको एमाले स्रोतले जानकारी दिएको छ ।
एमाले–माओवादी एकता संयोजन समितिको मंगलबार बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सम्मिलित कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्