स्वास्थ्य परीक्षणका लागि ओली थाइल्यान्ड जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदै छन् । उनी आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानु हुने सचिव ज्ञवालीले बबताए । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् ।

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार वलि बंैकक जान लागेका हुन् । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारण उनी जान सकेका थिएन ।

स्वास्थ्य परीक्षण गराई उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्