आफूलाई समेत मानहानीको मुद्दा लगाएर पक्राउ गर्न गगन थापाको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन प्रधानन्यायाधीसामु चुनौती दिएका छन्।

हिजो पक्राउ परेका केसीको समर्थनमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका हुन्। जुन आरोप लगाएर केसीलाई पक्राउ गरियो। उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गरियोस्, उनले भने। यो कुनै एक व्यक्तिको मात्र नभई आम नेपालीको सवालको विषय भएको उनको भनाइ थियो।
सम्मानित अदालतप्रति सम्मान रहे पनि न्यायाधीशको भ्रष्ट प्रवृत्तिका कारण न्यायालयमाथि सधैं प्रश्न उठ्ने गरेको उनको भनाइ थियो।  केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले उनले उठाएका मागबारे गम्भीर छानबिन गर्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्