पार्टी एकताबारे एमाले र माओवादी आन्तरिक छलफलमा

काठमाडौं । पार्टी एकता प्रक्रियालाई छिटै निष्कर्षमा पुर्‍याउने सहमति गरेका एमाले र माओवादी केन्द्रले सोमबार आन्तरिक छलफल गर्दैछन् । पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा पार्टी एकताको खाकाबारे कुरा हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यस्तै माओवादी केन्द्रको पनि आन्तरिक छलफल हुँदैछ ।
बैठकको समय तय भैनसके पनि पार्टी एकताबारे सोमबार छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष
दुई शीर्ष नेताबिच आन्तरिक छलफलका लागि सोमबार पार्टी बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति पनि भएको छ । मंगलबार बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गरेर त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्