कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा छैन् : मन्त्री प्रधान

काठमाडौं। रक्षामन्त्री भिमसेनदास प्रधानले कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको बताएका छन ।
आइतबार खोटाङ सदरमुकाम दिक्तेलमा नेपाल प्रेस युनियन दिक्तेल शाखाले गरेको पत्रकार भेटघाटमा मन्त्री प्रधानले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने अभिमत दिएकाले कांग्रेस सरकार बनाउने खेलमा नलागेको बताएका हुन ।
उनले बाम गठबन्धनको कारण मात्र कांग्रेस निर्वाचनमा पराजित भएको उल्लेख गरे ।
मन्त्री प्रधानले कांग्रेसलाई लोकतन्त्र प्रती चिन्ता गर्नेहरुले बचाउने भन्दै नेतृत्वले भने जनमतको कदर गर्न सक्नु पर्ने तर्फ सोच्नु पर्ने धारणा राखे ।
त्यस अघी उनले नगर कार्य समिती दिक्तेल ले गरेको कार्यक्रममा आफ्न जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु लाई प्रसिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्