कांग्रेस सांसदको चेतावनी–हिन्दू राज्यको लागि आन्दोलन चर्काउने बेला भयोे
काठमाडौं , भदौ २२ । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कँडेलले गौहत्या नरोकिने हो भने संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद कँडेलले सनातन हिन्दू राज्यको पक्ष र विपक्षमा जनमत संग्रहको माग लिएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए । उनले नियतवश गौहत्या बढेको बताए ।
कँडेलले गौहत्यामा सजाय कम रहेको भन्दै गैंडा, बाघ जस्ता जनावरको हत्या गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म सजाय तोकिएकोमा गौहत्यामा विभेद कायम रहेको बताए ।
कँडेलले देशका सबै हिन्दू र ओमकार परिवारले हिन्दू राज्य र संविधान परिवर्तनका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताए । केहि दिन अगाडि मात्रै सुर्खेतमा गौ हत्या गरिएको थियो । यसको छनविन गरि दोषिलाई कारबाही गर्न माग समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्