जय नेपाल पार्टीद्वारा सरकारको तीव्र आलोचना, ८ बुँदे माग सार्वजनिक
काठमाडौं, १७ कार्तिक । जय नेपाल पार्टीले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै विभिन्न ८ बुँदे माग अघि सारेको छ। पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरि एक प्रेस विज्ञप्ति मार्फत सरकारका कमजोरीहरू औंल्याउँदै ८ बुँदे माग र आन्दोलनको चेतावनी सार्वजनिक गरिएको हो।
पार्टी अध्यक्ष डा. धवलशमशेर राणाको हस्ताक्षर रहेको विज्ञप्तिमा सरकारले सुशासन, समृद्धि, र भ्रष्टाचार निर्मूल गर्ने जस्ता वाचा पूरा गर्न नसकेको आरोप लगाइएको छ। ूबालिन्द्र शाह सरकारले सुशासन र समृद्धि संस्थागत तथा भ्रष्टाचार निर्मूल गरोस् भन्ने हाम्रो शुभेच्छा छ, तथापि सरकारले यसतर्फ विश्वसनीय आधार निर्माण गर्न सकेको छैन,ू विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् औंल्याउँदै ८ बुँदे मागका बुँदाहरू :
न्याय र सुरक्षास् जनयुद्धमा सहादत प्राप्त गर्ने युवा, सुरक्षाकर्मी लगायत नागरिकलाई न्याय दिलाउन नसकेको र कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाका भवन लगायत संरचना जलाइँदा पनि दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको आरोप छ। राहत र पुनर्निर्माणस् भोटेकोशी(त्रिशुली बाढीका सन्दर्भमा प्राप्त राहत सामग्री र रकमको पारदर्शितामाथि प्रश्न उठाइएको छ। प्रधानमन्त्री विपद् राहत कोषमा संकलन भएको रकमको उपयोग र पुनर्निर्माण कार्यको प्रगतिबारे सार्वजनिक जानकारी गराउन माग गरिएको छ।
महँगी र अभावस् दैनिक उपभोग्य वस्तुहरूको मूल्य दोब्बर(तेब्बर भएको र सहज उपलब्धता नहुँदा जनताको दैनिकी कष्टकर बनेको उल्लेख छ।
प्रेस र नागरिक स्वतन्त्रतास् बिनापुर्जी सञ्चारकर्मी लगायत नागरिकलाई धरपकड गर्ने कार्यले कानुनी राज्यको उपहास र लोकतान्त्रिक मूल्यको उल्लंघन भएको पार्टीको निष्कर्ष छ।
संविधान संशोधनस् ूजेनजी विद्रोहको दौरान करिब दुई तिहाइको सरकार ढलेर, अन्तिम किल्ला मानिने सेनाको मातहतमा परिस्थिति किन पुग्यो भन्ने गम्भीर यथार्थ हामी सबैका सामु छर्लङ्ग छ,ू भन्दै विज्ञप्तिमा संविधान संशोधनका लागि सुझाव संकलन प्रक्रियाको पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाइएको छ।
विज्ञप्तिमा पार्टीले आफ्ना ८ बुँदे मागहरूलाई प्रस्तुत गरेको छ, जसमा सुदृढ राष्ट्रियता, महँगी नियन्त्रण, सनातन हिन्दु अधिराज्य, युवा र महिलामैत्री आर्थिक विकास, र सहकारी तथा लघुवित्त पीडितलाई न्याय जस्ता विषयहरू समावेश छन्।
पार्टीले यी मागहरू राज्यले बेलैमा सम्बोधन नगरे, चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका गतिविधिहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ। विज्ञप्तिमा देश(विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई पार्टीका माग र आन्दोलनमा समर्थन गर्न आह्वान गरिएको छ।






















प्रतिक्रिया दिनुहोस्