गगन थापाको नेकपालाई सुझाव: प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ र अर्को प्रधानमन्त्री चुन्नौं

काठमाडौँ , भदौ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन सुझाव दिएका छन्।

बुधबार संसदको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले नियमित रुपमा विदेश जानुपर्ने र सरकार सञ्चालनमा सक्रिय हुन नसकेकाले अब विश्राम दिनुपर्ने बताएका हुन् ।

संसदमा सत्तारुढ नेकपाको झण्डै दुई तिहाइ बहुमत भएकाले त्यही पार्टी्भित्रबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाएर ओलीलाई विश्राम दिन ध्यानाकर्षण उनले समेत गराए ।
‘नेकपामा प्रधानमन्त्री बन्न चाहने, भइसकेका नेताहरु एक से एक हुनुहुन्छ।

अस्वस्थ्य शरीरिक अवस्थामा पनि प्रधानमन्त्री ज्यूलाई शासन सञ्चालनमा सहभागी गराइनु मानवीय हिसाबले पनि उचित होइन। उहाँलाई विश्राम लिन सुझाव दिऔं।’ उनले भने ।

उनले ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्ने नेकपाका नेता कार्यकर्तालाई आफ्नो बालाई जस्तै आराम गर्नुहोस् भन्नुपर्ने उल्लेख समेत गरे।

सांसद थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थबारे संसदलाई जानकारी गराउन माग पनि गरे।
‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी पाउनु संसदको अधिकार हो? उहाँको स्वास्थ्यबारे सार्वजनिक सञ्चार माध्यमबाट जानकारीबाहेक औपचारिक रुपमा कुनै सूचना दिइएको छैन। प्रधानमन्त्रीको स्वास्थ्य संसदबारे संसदले जानकारी पाउनु पर्दैन?’

यसैबीच जवाफमा नेकपाका सांसद सूर्य पाठकले प्रधानमन्त्रीको राजीनामालाई आफ्नो दलको अस्तित्व जोगाउने रणनीतिका रुपमा नलिन आग्रह गरे।

पठकले भने ‘यो सरकार पाँच वर्ष चल्छ अर्को चुनावमा गाह्रो पर्छ भन्ने सोच देखियो। प्रधानमन्त्रीको राजीनामामा आफ्नो दलको सफलता नखोजौँ, ।

यता पाठकको भनाइप्रति आपत्ति जनाउँदै कांग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दा पनि नझस्किन सुझाव दिए।

उनले स्वास्थ्यलाभको कामना गर्दैमा झिस्किनु पर्ने त्यस्तो के छ भनि प्रश्न समेत गरे । यसैबीच संसादहरुले प्रधानमन्त्री ओली अस्वस्थ हुँदा विभिन्न कार्यमा बाधा आएको बताए । जनताले चाहे अनुसारको काम अझै हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्