माओवादीलाई एमालेसंग पार्टी एकिकरण गर्न हतारो : सिपी गजुरेल

काठमाडौं । देश भक्त  जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले मुलुकको समस्या समाधान गर्ने भन्दापनी माओवादीलाई एमालेसंग पार्टी एकिकरण गर्न हतारो भएको वताएका छन् । विराटनगरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा गजुरलले एमालेलाई भन्दापनी अहिले माओवादीलाइ  पार्टी एकताका लागी हतार भएको वताए । उनले एमालेले पार्टि एकिकरणको पक्षमा खासै चासो नदेखिएको अध्यक्ष गजुरेलको भनाई छ ।

उनले वाम गठवन्धन विच पार्टि एकताको संभावना रहेको भएतापनी दुवैपार्टी विचको एकताले  मुलुक र जनताको हितको लागि केही फरक नर्पने वताए । उनले जनताले  राजनितिक स्थिरता र मुलुकको स्थाईत्व चाहेकाले त्यसतर्फ दलहरुको ध्यान जानु आवश्यक रहेको वताए ।

उनले माओवादी र एमाले बाम गठवन्धन नभएर दक्षिणपन्थी गठवन्धन भएको आरोप समेत  लगाए । एमाले र माओवादी पार्टिले पहिलेनै संसदीय व्यवस्था अंगाली सकेको उनको भनाई थियो ।

वर्तमान सरकारले प्रदेशको मुकान तोक्ने विषयमा जनता-जनता वीच  लडाउन खोजेकाले जनताको भावना र सवैलाई मान्यहुनेगरी प्रदेशको मुकाम तोक्नुपर्ने उनले वताए । उनले काम चलाउ भई सकेको वर्तमान सरकारले राज्यकोषको दुरुपयोग गरिरहेको वताए ।

उनले जारी संविधान अपुरो  भएको भन्दै मुलुकमा जनगणतन्त्र नआएसम्म कुनैपनि व्यवस्थाले  समृद्ध ल्याउन नसक्ने वताए  ।अध्यक्ष गजुरेलले दलहरुले अहिले जनतालाई भ्रम छर्ने काम मात्र गरिरहेको भन्दै देश विकासका लागि लोकतान्त्रिक व्यवस्था होइन,जनगणतान्त्रिक व्यवस्था आवश्यक रहेको वताए ।

प्रतिक्रिया दिनुहोस्