नेकपा प्रदेश २ अध्यक्ष शाहद्वारा राजीनामा

काठमाडौं,भदौ ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्।

साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएको साहका प्रेस सल्लाहकार निभेष कुमारले जानकारी दिए।

काम गर्न नेतृत्व तहबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको शाहको भनाइ छ । स्थायी कमिटी सदस्यको दावेदार रहेका शाह कमिटीमा नपरेपछि असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्