नेकपा सचिवालयको बैठक आज पनि बस्दै, प्रधानमन्त्री सिंगापुर जानु अघि नै एकता प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं , भदौ ३ । नेकपा सचिवालयको बैठक आज पनि बस्दैछ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।

पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेकपाले एकताका बाँकी प्रक्रियाबारे छलफल शुरु गरेको छ ।

प्रधनमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अघि नै एकताको काम टुंगाउन नेताहरु लागिपरेको बताइएको छ ।

बैठकमा पार्टीको पोलिट्ब्युरो र विभिन्न आयोगहरु गठनमा भएको विवाद टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

नेकपाले विभागसहित जनवर्गीय संगठन तथा प्रदेशका इन्चार्ज र सहइन्चार्जसहितका विषय भने यसअघि नै टुंग्याएको छ ।

तर, अझै केन्द्रीय सदस्यको कार्य्विभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न भने बाँकी नै छ ।

यस्तै सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्