आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री

काठमाण्डौ, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताएका छन् ।


प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दैँ पदमा उनले आगामी चुनावपछि आफूलाई पनि पदमा बस्न मन नभएको बताए ।

केहीले प्रधानमन्त्री लगलग÷लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उनले भने , ‘पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले । राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन ।’


यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उनले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गरे ।


उनले पूर्वराज ज्ञानेन्द्र शाह सक्रिय भएको प्रति ब्यङ्ग्य गर्दै चिहानमा गएर हड्डी फुकेर पुरानो सत्ता ल्याउने सपना नदेख्न आग्रह गरे । प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे ।


उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्