आज पनि बस्न सकेन नेकपा सचिवालय बैठक, फेरि सर्यो

काठमाडौँ , साउन ३२ । आज पनि नेकपा सचिवालय बैठक बस्न सकेन। शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठक फेरि सरेको छ।

आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे निर्णय हुने बताइए पनि तयारी नपुगेको भन्दै आइतबार दिउँसो सम्मका लागि बैठक सारिएको हो।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्