टाढिँदै एमाले माओवादी एकता

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ ।

पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।

दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन । माओवादी केन्द्रले नयाँ सरकार निर्माण हुनुभन्दा अघि नै पार्टी एकीकरण गर्नुपर्ने निर्णय गरेको छ भने एमाले पार्टी एकीकरण र सरकार निर्माण एकसाथ अगाडि बढाउनुपर्ने पक्षमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्