कमल थापा भन्छन् संवैधानिक तवरबाटै हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्छौँ
काठमाण्डौ , साउन ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक तवरबाटै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्ने दाबि गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाण्डौ सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबि गरेका हुन् ।
अध्यक्ष थापाले अबको चुनावमा नागरिकको मन जितेर पूर्ण बहुमतका साथ पार्टीलाई स्थापित गर्दै हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अघि बढिसकेकोले त्यसतर्फ केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
गएको संविधानसभामा राप्रपाको गणपूरक संख्यामा उपस्थिति हुन नसकेकै कारण हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापित हुन नसकेको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्