नेकपाले टुंग्यायो कार्यविभाजन , अन्ततः स्कुल विभाग प्रमुखमा पोखरेल, संगठनमा गौतम, कसलाई के ?

काठमाडौं, साउन ३१ । नेपाल कम्युनिष्ट पाटी) नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।

लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।


त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् । त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्