प्रधानमन्त्री ओली फेरि अस्वस्थ, सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित
काठमाडौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् ।
ओलीको स्वास्थ्यमा फेरि गडबडी आएको पछि आजको सचिवालय बैठक पनि स्थगित भएको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आज पुनः अचानक गडबडी आएको हो । ।
उनको अस्वस्थताका कारण आज बस्ने भनिएको पार्टी सचिवालयको बैठक भोलीका लागि सरेको छ ।
नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक बस्ने गृहकार्य भइरहेको तर प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकूल भएका कारण सचिवालय बैठक भोलीका लागि सारिएको जानकारी दिए ।
साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक सारिएको हो ।
सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो ।
कार्य्विभाजनमा स्कूल विभाग कसले लिने कुरामा विवाद देखिएको छ । सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् ।बैठक पटक पटक बसने भनिए पनि टुंगो भने अझै लाग्न सकेको छैन ।
स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्