विप्लव नेकपाका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ
काठमाडौं, साउन ३० । प्रहरीले विप्लव नेकपाका जिल्ला सेक्रेटरीसहित ६ जालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी देविलाल पुन तथा अन्य ५ जना जिल्ला सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् ।
केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले वताए । विप्लवका नेता तथा कार्यकर्तालाई अहिले प्रहरीले धमाधम पक्राउ गर्दै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्