नेपाल-भारत सीमासम्बन्धी दस्तावेज सरकारका कर्मचारीबाट नै लुकाए : नेता नेपाल
काठमाण्डौ , साउन २९ । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाल(भारत सीमासम्बन्धी दस्तावेज परराष्ट्र मन्त्रालयका कर्मचारीले लुकाएको बताएका छन् ।
नेता नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका हुन् ।
बुधबार बसेको बैठकमा नेता नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दावी गरेका हुन् । उनले कर्मचारीको नियत र देशप्रतिको उत्तरदायित्व माथि नै शंका व्यक्त पनि गरे ।
राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुनेगरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण समेत नेता नेपालले गरे ।
पूर्व प्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायले सम्बोधन नगर्दा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गरे । ।
सीमा विवाद, विगतमा भएका असमान सन्धि(सम्झौता, तटबन्ध, डुबानलगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुनेगरी खोजिनुपर्ने उनले बताए ।
उनले तराई क्षेत्रमा बर्से्नि हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबरभन्दा पनि भारतले ठूलो आर्थिक दायित्व वहन गर्नुपर्ने तर्क समेत उने गरे ।
प्रतिक्रिया दिनुहोस्