शेयर कारोबारमा फेरि संसदीय समितिले चासो देखायो

काठमाडौं, साउन २९ । शेयर कारोबारमा संसदीय समितिले फेरि चासो देखाएको छ । बाणिज्य बैंकहरुले सहायक कम्पनीमार्फत शेयर कारोबार गर्ने विषयमा संसदीय समितिले फेरि चासो देखाएको हो ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिले धितोपत्र बोर्ड,नेप्से,नेपाल राष्ट्र बैंक र अर्थामंत्रलयका पदाधिकारीसँग छलफल गरेर चासो व्यक्त गरेको हो ।

अर्थ समितिले केहि समय अगाडि धितोपत्र बजारमा देखिएको उतार चढाव र अनियन्त्रित कारोबारको विषयमा सरोकारवाला सबै निकाय संग विभिन्नमा रहेर छलफल गरिसकेको छ ।


मंगलबारको बैठकमा समितिले पुँजी बजारका साथै समग्र मुद्रा बजार तथा वित्तीय क्षेत्र समेतको अध्ययन गर्नु पर्ने भन्दै उप(समितिपनि गठन गरेको छ।अर्को तर्फ धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले बाणिज्य बैंकहरुको सहायक कम्पनिलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गरेका थिए ।

समितिले लाइसेन्स दिने प्रक्रिया सुचारु गर्ने अथवा रोक्ने सम्बन्धमा ठोस रुपमा केहि नभने पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा अध्ययन गर्ने सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।

समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा अध्ययन उपसमिति उपसमिति गठन गरेको छ। ५ सदस्य उपसमितिमा सांसदहरु रामबाबु यादव,प्रमिला राई, कुमार राई र मेटमणी चौधरी रहेका छन्। समितिले २ महिना भित्र आफ्नो अध्ययन प्रतिवेदन बुझाउनु पर्ने समय सीमा तोकेको छ।

समितिले उपसमिति बनाई अध्यन गर्ने भएपछि ब्रोकर लाइसेन्स दिने प्रक्रिया प्रभावित हुने छ । । संसद्को समितिले कुनै विषयमा अध्ययन गर्ने भएपछि त्यसभित्र सरोकार राख्ने निकायले आफ्नो निर्णय प्रक्रिया स्थगन गरि समितिलाई सघाउने र निर्णय पर्खने चलन छ।


अब धितो पत्र बोर्ड र स्टक एक्सचेन्जले ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्नुपर्ने हुन्छ।अर्थ समितिले ठोस् रुपमा नभने पनि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खतरा हुनसक्ने आँकलन गर्दै त्यसको अशर अध्ययन गर्न यस्तो निर्णय गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्