गोलन्जोरमा २३ गतेदेखि जुनार मेला हुने, पालिकालाई आर्थिक स्रोत

काठमाडौं, मंसिर १७ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा जुनार प्रबद्र्धन मेला हुने भएको छ । गाउँपालिकाले आयोजना गर्न लागेको मेला मंसिर २३ गतेदेखि ३ दिनसम्म चल्ने छ ।

गाउँपालिका अध्यक्ष शंकरराज बरालले जुनारको खेती हुँदै आएको वडा नम्बर ४ मा मेला हुने बताए । मेला पहिलो पटक हुन लागेको हो ।‘यहाँ जुनारको राम्रो सम्भावना छ त्यो सम्भावनालाई थप बलियो बनाउन मेलाको आयोजना गरिएको हो ’ अध्यक्ष बरालले भने ‘मेलामा जुनारविज्ञका साथै सरोकारवालाको उपस्थिति हुने भएकाले पनि मेलाले सार्थकता पाउने विश्वास गरेका छौं ।’ उनले जुनारको प्रबद्र्धन गर्न र अन्तर्राष्ट्रिय बजारसम्म जुनारलाई पुर्याउन मेला प्रभावकारी हुने बताए ।

वागमति प्रदेशका कृषिमन्त्रीले मधुसुदन पौडेलले कार्यक्रमको उद्घाटन गर्ने छन् । अध्यक्ष बरालले मेलाको अवलोकन गर्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष बरालले ३ हजारभन्दा बढी मानिसले मेलाको अवलोकन गर्ने अनुमान गरिएको बताए ।
अध्यक्ष बरालले आगामी दिनमा पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेखालका अन्य कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्