सांसद यादवले दिए पदबाट राजीनामा

काठमाडौं, साउन २८ । समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले सांसद् पदबाट राजीनामा दिएका छन् ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वा्चित सांसद यादवले मंगलबार सभामुख कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन् ।

स्वास्थ्यको कारण देखाउँदै यादवले सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।

सभामुखका प्रेस सहयोगी डिल्ली आर्चायका अनुसार स्वास्थ्यले साथ नदिएको राजीनामा पत्रमा उल्लेख छ ।

उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे सभामुखले उक्त पार्टीका नेताहरुसँग सल्लाह गरेर अघि बढ्ने आर्चायले बताए ।

प्रतिक्रिया दिनुहोस्