मुख्यमन्त्री पौडेलको बोली फेरियो : भने- प्रदेशको राजधानी हेटौंडाबाट अन्त सार्ने मिल्दैन
काठमाडौं, साउन २६ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट अन्त सार्न नदिने अडान राखेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको आइतबार हेटौंडामा उद्घाटन गर्दै उनले प्रदेशको राजधानी हेटौंडाबाट अन्त कुनै हालतमा पनि सार्न नदिने अडान राखेका हुन् ।
प्रदेशका ९० प्रतिशतभन्दा बढी सांसदहरु हेटौंडाबाट राजधानी सार्ने पक्षमा रहेको बताउँदै उनले भने , ‘१८ महिनासम्म हेटौंडामा राजधानी राख्नको लागि मेरो महत्वपूर्ण भूमिका छ । मेरो भूमिका नभएको भए प्रदेश सभाको पहिलो, दोस्रो बैठकमा नै राजधानी सरिसक्थ्यो । त्यसैले काठमाण्डौ उपत्यका वरपर राजधानी हुनै सक्दैन, हेटौंडाको विकल्प छैन ।’
तर गएको बिहीबार यता काठमाण्डौमा बोल्दा भने उनले राजधानी रामेछाप वा नुवाकोट जहाँ लगे पनि हुन्छ, हेटौंडा नै हुनु पर्छ भन्ने छैन भन्ने अभिव्यक्ति दिएका थिए ।
साथै उनले पूर्व पस्चिम राजमार्ग अन्तरगत हेटौंडा क्षेत्रमा सडककको दायाँ–बायाँ २५ मिटर सडक पनि नभत्कने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्