राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार हो : कमल थापा

काठमाडौँ , साउन २४ । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन् ।

राप्रपाको प्रशिक्षण विभागद्वारा धुलीखेलमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका हुन् ।

साथै थापाले कांग्रेस र कम्युनिष्ट पटक पटक असफल भएको हुँदा वैकल्पिक शत्तिको रुपमा राप्रपालाई स्थानपित गरिने दृढता प्रकट गरेका छन् ।

अध्यक्ष थापाले सनातन हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेको हुँदा राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको र यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता भएकाले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरिएको समेत उनले बताए ।

उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने योजनामा आफुहरु रहेको समेत बताएका छन् ।

उनले राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको बताए । थापाले भने,‘ संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाईएका छ ।

राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भएपनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिड्न पाउने स्वतन्त्रता राप्रपाकै कारण भएको उल्लेख गरेका छन् ।

प्रशिक्षण दुई दिन चल्ने र प्रशिक्षक प्रशिक्षण पश्चात जिल्ला तह गएर सबै प्रशिक्षकले प्रशिक्षण दिने सहायक प्रवक्ता सचिव रामानन्द न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्