मुख्मन्त्री पौडेल भन्छन् तीन नम्बर प्रदेशको राजधानी नुवाकोट पनि हुनसक्छ , के होला त ?
काठमाडौँ, साउन २३ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अबको केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने बताएका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यका बाहिर राख्न पनि तयार रहेको बताए ।
उनले भने, ‘३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका जिल्लाबाहेक नुवाकोट लैजान पनि तयार छु ।’ उनले प्रदेश सरकार एक्सन ओरियन्टेडमा उत्रिएको भन्दै प्रदेशको राजधानी र नामको टुङ्गो एकै दिनमै लगाइने दाबी गरे ।
मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायामा प्रदेशको राजनीति बस्न नसक्ने भन्दै काठमाडौं बाहिर पनि देश हो भनेर बुझाउन प्रदेश ३ को राजधानी बाहिर हुनुपर्ने जिकिर गरे ।
उनले स्थानीय सरकारलाई कमजोर बनाउन नहुने भन्दै सरकार करबाटै चल्ने दावी गरे ।
फरक प्रसंगमा यातायातमा बढेको कर छिट्टै फिर्ता उनले बताए । उनले भने, ‘यातायतमा बढेको कर अब बस्ने संसद बैठकबाटै संशोधन गरिन्छ ।’
प्रतिक्रिया दिनुहोस्