वर्तमान सरकार सत्ता कब्जाको रणनीतिमा लाग्योः सभापति देउवा
काठमाडौं , साउन २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । साथै देउवाले वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको पनि आरोप लगाए ।
सभापति देउवाले सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको जिकिर गरे ।
उनले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
कार्यक्रममा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार रवीन्द्रनाथ बास्तोलालाई पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्