राप्रपा केन्द्रीय समिति बैठक आज सकिदै, के गर्ला निर्णय ?

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज सकिदै छ । बैठकमा सबै नेताले धारणा राखेपछि आजै पार्टी अध्यक्ष कमल थापाले जवाफ दिनुहुने कार्यतालीका रहेको छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको राप्रपाले बैठकमा चुनावी समिक्षा, पार्टीको आगामी कार्यदिशा लगाएतका विषयमा छलफल गरेको छ । बुधवारदेखि राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ५८ नेताले आफ्नो धारणा राखेका छन् ।

समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएको भन्दै अध्यक्षको चर्काे आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्