‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुन सक्दैन ’: सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, साउन २१ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन नहुने स्पष्ट पारेका छन् ।

मंगलबर जनकपुरस्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो स्पष्ट पारेका हुन्।

उनले सत्तारुढ दल समाजवादी पार्टीसँग भएको संविधान संशोधनको बारेमा औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने पनि बताए उनले भने, ‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुन सक्दैन ।’

अर्को प्रसंगमा उनले संघीय सरकार प्रदेश २ को विकासका लागि सबैभन्दा बढी लगानी गरेको दाबी गरे ।

‘प्रदेश २ मै नेपालको एकमात्र रेल्वे, निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राजमार्ग, कोशी करिडोर, नारायणी करिडोरलगायतका गौरवका परियोजनाहरु सञ्चालनमा छ’, मन्त्री बाँस्कोटाले भने ।

साथै उनले वर्तमान नेकपाको संघीय सरकार ५ वर्षसम्म परिवर्तन नहुने समेत ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्