प्रधानमन्त्री देउवा थप परामर्शमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठकमा दलहरुबीच खास्सै सहमति हुन नसकेपछि आन्तरिक छलफलमा जुटेका छन् ।

दलहरुबीच प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा थप परामर्शमा जुटेका हुन । देउवाले हिजो यी विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए ।

सर्वदलीय बैठकमा सहमति नजुटेपछि प्रदेश प्रमुख नियक्ति, मुकाम तथा राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गरिएको मन्त्रिपरिषद् बैठक समेत देउवाले स्थगित गरेका थिए । बैठकमा सहभागी नेताहरूले प्रधानमन्त्रीका तीनवटै प्रस्तावमा मौन बस्दै सरकार हस्तान्तरण गर्न दबाब दिएपछि देउवा थप परामर्श गर्ने मनस्थितिमा पुगेको उनका निकट स्रोतले जानकारी दिएको छ ।

यसक्रममा राजनीतिक परामर्शलाई तीव्रता दिएका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक आइतबार आह्वान गर्ने सम्भावना रहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्