प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न आज सिंगापुर जाँदै

काठमाण्डौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिंगापुर जाँदै छन् ।

उनी नियमित स्वास्थ्य परीक्षणको लागि शनिबार राति पानै १० बजे सिंगापुर जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँग निजी चिकित्सक डाक्टर दिव्यासिंह शाह पनि सिंगापुर जाँदै छन् । उनकोे नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण सकेर आउँदो शनिबार स्वदेश फर्कने तय भएको छ ।

यस्तै, गएको मंगलबार यूएई गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्