कम्युनिष्ट गठबन्धन अन्यौलमा, पार्टी एकतामा आशंका !
काठमाडौ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आन्तरिक विषयले पुर्णता नपाउँदा पार्टी एकता अन्यौलमा परेको छ ।
सरकार, पार्टी नेतृत्व, नेताहरूको व्यवस्थापन, राष्ट्रपति र सभामुखको बाँडफाँट तथा विचार र सिद्धान्तलगायतका विषय कुरा नमिल्दा एकताको विषय अन्यौलमा परेको हो । शीर्ष तहमा लामो समयदेखि छलफल नहुदा पार्टी एकता संयोजन समितिको बैठक पनि अनिश्चित बनेको छ ।
एमाले निकट नेताहरुले सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्ने विषयमा गृहकार्य भइरहेको बताउछन् ।
यताः माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोज्नुपर्ने र अर्को आफूहरूले पाउनुपर्ने अडान रहेका छन् । सरकार र पार्टी नेतृत्वसँगै अन्य नेताहरूको व्यवस्थापनको विषय पनि एकताको खाका बनाउन समस्याका रुपमा उत्पन्न भएको छ ।
दुई पार्टीबिच आगामी विचार र सिद्धान्त कुन मानेर जाने भन्नेमा समेत अलमल देखिएको छ । यस विषयमा शीर्ष तहमा बस्ने भनेको बैठक अझै बस्न सकेको छैन ।
आज बस्ने सर्वदलिय बैठक र वर्तमान सरकारले गर्ने निर्णयलाई मध्यनजर गर्दै दुईदलको शीर्ष नेताहरुको बैठक बस्ने बुझीएको छ ।
प्रतिक्रिया दिनुहोस्