राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आजपनि जारी रहने भएको छ । निर्वाचनमा अपक्षाकृत नजिता हासिल नगरेको राप्रपाले भावी रणनीति तय गर्न बैठकको आह्वान गरेको हो ।

हिजो देखि सुरुभएको केन्द्रीय समीति बैठकमा अध्यक्ष थापाले पेस गर्नुभएको प्रतिवेदन माथि छलफल हुने छ ।अध्यक्ष थापाले बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

भोलीसम्म सञ्चालन हुने बैठकमा महामन्त्री जयन्त चन्दले सचिवालय सम्बन्धी र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि हिजो बैठकको प्रारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले चुनावमा पार्टीले अनपेक्षित हार बेहोर्नुपरेको भन्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताउँदै, अर्को चुनावसम्म पार्टी संगठन बलियो पारी पुनः जनमत ल्याउने दृढता व्यक्त गरेका थिए ।

अघिल्लो पटक चौथो राजनीतिक शक्ति बनेको सत्तारुढ दल राप्रपा यसपटक भने प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत पनि पुर्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्