संसद बैठकमा आज पनि विपक्षी सांसदद्वारा नाराबाजी, बैठक स्थगित

काठमाण्डौ, साउन १५ । प्रतिपक्षी दल नेपाली कांग्रेस जनता पार्टी नेपालले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बुधबार पनि संसद बैठक अवरुद्ध पारेका हुन् ।

सर्लाहीमा गएको असार ५ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज मारिएका थिए । यस्तै सर्लाहीमै १३ वर्षीय बालकको मृत्यु प्रकरणमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर नारायणसिंह महतोको ज्यान गएको थियो ।

कांग्रेस र राजपाले दुवै घटनाको विरोध गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

११ बजेदेखि सुरु भएको बैठकमा विपक्षी दुवै दलले एक घण्टादेखि नाराबाजी गर्दै बैठक अवरुद्ध पारेपछि बैठक स्थगित भएको छ ।

विपक्षी दलको विरोधका कारण बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।

यसअघी सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ दुवै दलका सांसदहरु बसेको ठाउँबाट र्जयाकजुरुक उठ्दै विरोध जनाएका थिए ।


सभामुख महराले विपक्षी दलको विरोधबारे आफू र सरकारलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरे पनि दुवै दलका सांसदहरुले बस्न इन्कार गरे ।

विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहे पनि सभामुख महराले शून्य समय प्रारम्भ भएको भन्दै बैठक अघि बढाउन खोजेपछि दुवै दलका सांसदहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।

सर्लाही घटनाबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक अवरुद्ध पारिरहने दुवै दलका सांसदहरुले बताएका छन् ।


प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा पछिल्लो समय संसदमा सरकारको विरुद्धमा कार्यगत एकता गरेर अघि बढेका छन् । मिल्ने जति विषयमा मिलेर सरकारको विरोध गर्ने र मिल्न नसक्ने विषयमा दुवै दलले एक अर्काको विरोध नगर्ने सहमति गरेर उनीहरु अघि बढेका हुन् ।

विपक्षी दलले सरकारकोे काम कारवाही विरुद्ध संसद अवरुद्ध गर्ने चेतावनी दिदै आएका छन् ।

सम्म बैठक अवरुद्ध पारिरहने दुवै दलका सांसदहरुले बताएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा पछिल्लो समय संसदमा सरकारको विरुद्धमा कार्यगत एकता गरेर अघि बढेका छन् ।

मिल्ने जति विषयमा मिलेर सरकारको विरोध गर्ने र मिल्न नसक्ने विषयमा दुवै दलले एक अर्काको विरोध नगर्ने सहमति गरेर उनीहरु अघि बढेका हुन् ।

विपक्षी दलले सरकारकोे काम कारवाही विरुद्ध संसद अवरुद्ध गर्ने चेतावनी दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्