मुख्यमन्त्री राउतले गरे प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा
काठमाडौं, साउन १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री राउतले विर्षात्, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढि प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि ‘विपद व्यवस्थापन ऐन’ लाई तत्काल संशोधन गरेर अघि बढने योजना पनि अघि सारे ।
मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढि जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढन लागिएको पनि स्पष्ट पारे ।
मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्लाहरु बाढी र डुबानको मारमा पर्नु परेको पनि स्मरण गराए ।
मुख्यमन्त्री राउतले सरकारको कामकार्वाहीलाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले तत्काल प्रदेश २ को सत्ता समीकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताए ।
सञ्चार माध्याममा आएजस्तो प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने अवस्था नरहेको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्