संसद बैठकमा रोष्टम घेरा गर्दै काँग्रेस र राजपाको नाराबाजी

काठमाडौं, १३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनतता पार्टी (राजपा) ले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गरि सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर नारा जुलुस गरेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
यसबीच, सभामुख महाराले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको समसामायिक विषयहरु राख्न नपाएको भन्दै अवरोध हटाउन र संसद सुचारु गर्न र अवरोध हटाउनुपर्छ विशेष अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्