सरकारको कार्यशैली सन्तोषजनक भएन ! काँग्रेस लगाएत अन्य पार्टीलाईसंगै लिएर संसद अवरुद्ध गर्ने तयारीमा : नेता यादव
काठमाडौं , साउन १२ । राष्ट्रिय जनशक्ति पार्टी(राजपा) पार्टीका अध्यक्ष मण्डल संयोजक राजकिशोर यादवले सरकारको कार्यशैली सन्तोषजनक नभएको बताएका छन्
। आज राजधानीमा आयोजित कार्यक्रममा यादवले सुशासन र लोकतन्त्रका लागि लड्न नेपाली काँग्रेससंग कार्यगत एकताका साथै अन्य साना पार्टीहरुलाई पनि साथमा लिएर संसद अवरुद्ध गर्ने तयारी पार्टीले गरेको पनि उल्लेख गरेका छन् ।
साथै उनले राष्ट्रिय जनशक्ति पार्टी(राजपा) नेपालको महाधिवेशन कात्तिक २८ गते देखि हुने जनाकारी पनि गराए ।
संयोजक यादवले महाधिवेशनलाई सफल वनाउन जोडतोडका साथ तयारी भईरहेको समेत जनाकारी गराएका छन् ।
साथै उनले जनतामा विश्वास दिलाएर विधिको साशन गर्ने तर्फ सरकार गम्भिर नभए देशव्यपी रुपमा आन्दोलनमा होमिने रणनीति पार्टीले लिएको यादवले बताए ।
वढ्दो प्राकृतीक श्रोत साधनको दोहनवाट तराई क्षेत्रमा वर्षैनी वाढीले तहसनहस वनाउने गरेकोले भारत सरकारसंग वाँध व्यवस्थापन गर्न सरकारले वार्ता गर्न ढिलाई गर्न नहुने उनको उनको भनाइ थियो । यसमा सरकार गम्भीर नदेखिएको समेत उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्