तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न सकिदैँनः मुख्यमन्त्री शाही
काठमाडौं, साउन ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् ।
कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशहरुमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए ।
कर्णाली प्रदेशलाई तीनहजार देखि ३५ सय कर्मचारी आवश्यक रहेको मात्यसको पूर्तिका लागि ढिलासुस्ती भइरहेको बताए । लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखि पठाएपनि समय लाग्ने देखिएको बताए । कर्मचारी करारमा नियुक्ति गर्ने कानुनी व्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्ती गरिदिंदा समस्यामा परेको बताए ।
कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभाव भोगिरहेको बताए । कर्णालीमा जर्बजस्ती पठाइएको महशुश गर्ने गरेको भन्दै त्यसको मार प्रदेशले भोगेको बताए ।
करारमा कर्मचारी भर्ना गर्ने अवस्था नभएकोले केन्द्रले तत्काल कर्मचारी पठाउन आवश्यक रहेको उनको भनाई थियो ।
कर्मचारी अभावले काम गर्ने उत्साह सृजना हुन नसकेको शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्