निर्मला हत्याका अपराधीलाई सबै मिलेर खोजौंः गृहमन्त्री थापा
काठमाडौं, साउन ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला हत्याका अपराधीलाई सबै मिलेर खोज्नुपर्ने बताएका छन् ।
मन्त्री थापाले निर्मला हत्याकाण्डलाई राजनीतिक रङ दिन खोजिएको गुनासो गरे ।
मन्त्रालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘‘निर्मला प्रकरण पहिलो र नयाँ होइन । भोलि पनि यस्तो घटना हुन सक्छ । पूर्ण नियन्त्रण गर्न सकिँँदैन । अपराधी बचाउन खोजेको भनेर जसरी आरोप लगाइयो, त्यसमा हामीलाई दुःख छ । नागरिक समाज, मिडियाले सबै मिलेर अपराधीलाई कानुनी कठघरमा ल्याउनुपर्छ ।’’
गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत सफल भएको दाबी गरे ।
घटनाको अनुसन्धान जारी रहेको बताउँदै थापाले निर्मला हत्याकाण्ड जघन्य अपराध भएको बताए ।
हत्याकाण्डबारे विभिन्न समितिले दिएका प्रतिवेदन अध्ययन गर्दै अगाडि बढ्ने थापाको भनाइ थियो ।
यसैबचि अहिले सम्म निर्मला हत्याको पत्ता लाग्न सकेको छैन् । घटनाको अनुसन्धानमा प्रहरी खटेपनि ,आन्दोलन भएपनि पत्ता लाग्न सकेको छेन ।
प्रतिक्रिया दिनुहोस्