सरकारको नियत नै खराब छ : सभापति देउवा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट वर्तमान परिचालित भएको आरोप लगाएका छन् ।


बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बीपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रका मूल्य र मान्यतालाई समेत ख्याल नराखी सरकार निरंकुशताप्रति उद्घोष भएको प्रष्ट्या ।

उनले भने,‘अहिले सरकारले व्यक्ति विशेषलाई दुःख दिने नियताबाट काम गरिरहेको छ । व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।’ उनले बीपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको पनि आरोप लगाए ।

देउवाले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढंगले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक संघर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने ढंगबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।’


बीपीको मेलमिलापको नीतिः
बीपीको मेलमिलापको नीतिको चर्चा सदैव सान्दर्भिक छ । भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो ।

उनले फर्कने बेलामा मेलमिलापको नीति लिएर फर्केका थिए । उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो । त्यसपछि दलहरु सक्रिय हुन पाए । बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ ।

बीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ । नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन् ।

तर, त्याही बीपीबको सिद्धान्तमा काँग्रेस भित्रको हालत :
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बीपीको नीतिलाई अंगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको छ । त्यसको फाइदा उठाउाँदै कम्युनिष्टहरुले सत्ताको हालिमुहली गर्दै आएको छ । अन्य पार्टीले बीपीको नीति सान्दर्भिक भए पनि अहिले काँग्रेस आफ्नै पार्टीका नेताहरुले यो नीतिलाई भुल्दै गएको गुनासो दिनदिंनै बढ्दै गएको छ ।

कम्युनिष्ट सत्तारुढ दलले अहिलेसम्मकै कमजोर प्रतिपक्षीको आरोप लगाइरहेकाले यदि आजकै दिनदेखि फेरि काँग्रेसभित्र मेलपिलापको नीति अपनाउने हो भने पुनः पहिलो दल बन्न सक्नेमा काँग्रेसी नेताहरु आशावादी छन् ।

अहिले १४ औं महाधिवेशनको चर्चाले गर्दा नेतृत्व र इतर पक्षबीच वैचारिक द्धन्द्ध चर्किएको छ । यो समस्या आजको नभई पुरानै हो ।

प्रतिक्रिया दिनुहोस्