एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताबीच हातहालाहाल
काठमाडौं, १९ मंसिर। नेकपा एमालेको ११औ महाधिवेशन नजिकिंदै गर्दा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ता खचाखच भएको छ । महाधिवेशनकै क्रममा कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको छ ।
आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए ।
उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए ।
सो क्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको हात हालाहाल भएको हो ।
एमालेको महाधिवेशन उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् ।
उक्त प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी जनजाती लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू च्यासल पुगेका थिए ।
सो क्रममा उनीहरूले चर्को स्वरमा डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए । यसैबीच हातहालाहाल भएको हो ।















प्रतिक्रिया दिनुहोस्