कांग्रेसले सात प्रदेशका १२ स्थानमा दुई दिन प्रशिक्षण दिने
काठमाडौँ , साउन ५ । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने भएको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन १६ गतेदेखि सात प्रदेशका १२ स्थानमा दुई दिन प्रशिक्षण दिने निर्णय गरेको हो । कांग्रेसमा झण्डै तीन हजार महाधिवेशन प्रतिनिधि रहेका छन् ।
समितिको सदस्यमा आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेको प्रतिष्ठान सचिव मुक्ति आचार्यले जानकारी दिए ।
त्यस्तै, तारानाथ दाहालको संयोजकत्वमा निर्दे्शिका निर्माण समिति, खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समितिसमेत गठन भएको छ । प्रतिष्ठानले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णयसमेत गरेको छ ।
आइतबार बसेको प्रतिष्ठानको बैठकले डा जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा पाठ्यक्रम निमार्ण समितिको गठन गरेको हो ।
कांग्रेसले २०७६ सालभर प्रशिक्षण र जागरण अभियान चलाउने निर्णय पनि गरेको छ ।
कले डा जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा पाठ्यक्रम निमार्ण समितिको गठन गरेको हो ।
कांग्रेसले २०७६ सालभर प्रशिक्षण र जागरण अभियान चलाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्