नेकपा सचिवालय बैठकः जिल्ला इन्चार्ज र सहइन्चार्जको छिनोफानो, विभाग नेतृत्व छनौट गर्न भने असफल

काठमाडौँ, साउन ५ । पूर्व एमाले र माओवादीको आआफ्नो अडान कायमै रहेपछि विभागहरुको नेतृत्व छनौटमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा आइतबार पनि असफल भएको छ।

तर पार्टीको इन्चार्ज र सहइन्चार्जको छिनोफानो गरेर पर्सि मंगलबार बस्नेगरी नेकपाको केन्द्रीय सचिवालय बैठक टुंगिएको छ।

नेकपाले ७७ वटा भूगोलको जिल्ला र जिल्लास्तरीय महानगरपालिकाको कमिटिका इन्चार्ज र सहइन्चार्चहरुको टुंगो लगाएको हो । त्यसमा ४५ वटा पूर्व एमाले र ३८ वटा पूर्व माओवादी केन्द्रको भागमा परेको छ।

पार्टीको स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाउने कि नारायणकाजी श्रेष्ठलाई बनाउने भन्ने विषयमा विवाद कायमै भएपछि आइतबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली त्यसविषयमा प्रवेश नै गर्न नचाहेको उच्चस्रोतको दाबी छ।

स्रोतले भन्यो, ‘आज जिल्ला इन्चार्ज र सहन्चार्जको मात्रै टुंगो लाग्यो । विभागको नेतृत्व छनौटमा बैठक प्रवेश नै गरेन। ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउन माओवादीले नचाहेपछि अध्यक्ष ओलीले यो विषयमा अर्को दिन छलफल गरौँला भन्दै पन्छिनु भयो।’

बैठक पार्टीको ३२ वटा विभागको नेतृत्व छनौटसँगै जेष्ठ नागरिक मञ्चका नेतृत्व र सदस्य, विभिन्न आयोग र सल्लाहाकार कमिटिको गठन गर्न पनि असफल भएको हो।

प्रतिक्रिया दिनुहोस्