बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक , यस्ता छन् एजेण्डा

काठमाडौं, असार ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्य्विभाजन लगायतका विषयमा छलफल हुने भएको छ ।

नेकपामा स्कुल विभाग कसले लिने भन्ने विवाद छ । तत्कालीन एमालेले ईश्वर पोखरेलको नाम अगाडि सारेको छ भने तत्कालीन माओवादीबाट नारायणकाजी श्रेष्ठ प्रकाशको दाबी छ ।

अरु विभागको भने भागवण्डा भइसकेको छ । दुबै समूहले व्यक्ति तोक्न बाँकी छ ।

संगठन विभागमा भने वामदेव गौतम, अन्तर्रा्ष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्