ओलीपछि अब प्रधानमन्त्री प्रचण्ड नै हो : नेता पौडेल

काठमाडौं, साउन ४ । नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेल ’सुनिल’ले सरकारको नेतृत्व पुष्पकमल दाहाल ’प्रचण्ड’ले गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको बेला शीर्ष नेताबीच भएको पाँच बुदे सहमतिमा आलोपालो सरकारको नेतृत्व उल्लेख भएकाले केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् ।

शीर्ष नेताहरुबीच भएको सहमतीको पूर्ण कार्यान्वयन आवश्यक रहेको भन्दै उनले अहिले नै नेतृत्व परिवर्तनको बेला भने आइनसकेको बताए । ओलीपछिको नेता प्रचण्ड नै भएको भन्दै उनले अबको साझा विचार ’जनताको जनवाद’ नै हो भने ।

ओली सरकारका मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनले मन्त्रीमण्डल पुनर्गठन आवश्यक भइसकेको नेता पौडेलको भनाइ छ । निर्मला हत्याकाण्ड, सञ्चार विधेयक, गुठी विधेयक, विषादी परीक्षण प्रकरणमा सरकारले परिपक्वता देखाउन नसकेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्