उपप्रधानमन्त्री पोखरेल भन्छन् -सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन दिँदैन
काठमाडौं, साउन ४ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाडने चेतावनी दिए ।
सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने उनको चेतावनी छ ।
उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गरे ।
त्यस अवसरमा उनले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्