सीपी गजुरेलले भने -प्रधानमनत्री ओली बालुवाटारमा असुरक्षित भए सैनिक मुख्यालयमा गएर बसे हुन्छ

काठमाण्डौ , सउन ३ । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा असुरक्षित भए सैनिक मुख्यालयमा गएर बसे हुने बताएका छन् ।

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राख्दा हुने सुझाव दिँदै भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन । यो गलत छ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको, तीन तहमा कर बढाएको र विषादी प्रकरणमा पनि सरकारले गम्भीर त्रुटि गरेको आरोप पनि लगाए ।

सरकारले जनताको ढाड सेक्ने काम मात्रै गरेको बताउदै वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको पनि बताए । उनले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता दुविधामा रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्