चर्को शुल्क विरुद्ध नेविसंघले गर्यो ५ दिने आन्दोलनको घोषणा

काठमाडौं, साउन ३ । काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ ।

निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो ।

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन आग्रह गरे ।

शैक्षिक शुल्क बृद्धि विरुद्ध उक जुट भएर यसमा समाधान गर्न तर्फ लाग्न पनि उनीहरुले आग्रह गरेका छन् ।

चर्को शुल्कले विद्यार्थी मारमा पर्ने गरेका छन् । यस प्रति सरकारले पनि अहिले सम्म केहि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्