कांग्रेस र राजपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए

काठमाडौँ , साउन १ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाले राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

बुधबार कांग्रेसका रोधश्याम अधिकारीको प्रस्ताव तथा राजपाका वृशेषचन्द्र लाल र कांग्रेसकै बद्रीप्रसाद पाण्डेको समर्थनमा बाटो पहिरोबाट भएको क्षति र दीर्घकालीन समाधानबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा वर्षाको कारण तराई–मधेस, पहाडलगायत देशका विभिन्न भागमा भएको धनजनको क्षति, व्यपक्ता भएका व्यक्ति, घाइते उपचारलगायत विषयमा छलफल गर्न प्रस्ताव गरिएको छ।

प्रस्तावमा भनिएको छ, ‘‘स्वास्थ्य उपचारको व्यवस्था समेत सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह लगायत विभिन्न राजनीतिक दल एवं संघसंस्थाहरुबाट भएका र हुने उद्धार तथा राहतको काम कारवाही सम्बन्धमा यो सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छौँ।’

प्रस्तावमाथि सरकारको सल्लाहमा राष्ट्रियसभा अध्यक्षले छलफलको मिति तोक्नु पर्ने र उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने नियमावलीको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्